शनिबार थपिए ३१६७ कोरोना संक्रमित, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप ३१६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर विभिन्न जिल्लामा गरी थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । यसैगरी गत २४ घण्टामा १८ सय संक्रमितहरु कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । आज सम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
उता पछिल्लो २४ भण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ७२७ पुगेको छ । आज देशभरका प्रयोगशालामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएकको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा