Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउन समस्याको समाधान होइन, कोरोनाबाट कसरी बच्ने भन्ने व्यापक जनचेतना अभियान चलाऔँ

लकडाउन समस्याको समाधान होइन, कोरोनाबाट कसरी बच्ने भन्ने  व्यापक जनचेतना अभियान चलाऔँ

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला धेरै विशेषज्ञले यसलाई नियन्त्रण गर्नका लागि फेरी एकपटक लकडाउन गर्नुपर्ने सुझाव दिंदै आएका छन्। तर टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ एवं अनुसन्धानकर्ता डा शेर बहादुर पुनको भने यसमा फरक मत रहेको छ ।

उनी लकडाउनको भन्दा पनि यतिबेला कोरोना संक्रमणबाट कसरी बच्ने भन्ने कुरा व्यापक अभियानकै रुपमा फैलाउन आवश्यक रहेको बताउँछन्। उनले भने, ‘यो भन्दा अघि गरिएको लकडाउनमा खासै सर्वसाधारणले पालना गरेको देखिएन। लकडाउन गर्ने भनेको भिडभाड नहोस, एक ठाउँबाट अर्को ठाउँमा मानिसको आवतजावत नहोस भनेर हो । तर यसले भित्री बाटोहरुमा मानिसको भिड कम गर्न सकेन । प्रहरीको आँखा छलेर हिंडेहरु पनि त्यत्तिकै भेटिए । त्यसैले जबसम्म लकडाउन भनेको मेरो लागि हो भनेर सर्वसाधारणले बुझ्दैनन् र सरकारले बुझाउन सक्दैन् तबसम्म यसको कुनै औचित्य नै छैन्। जसका कारण दैनिक काम गरेर खाने मजदुरहरु मात्र यसको चरम मारमा पर्न जान्छन्। त्यसैले पहिले कोरोना नियन्त्रण प्रत्येक व्यक्तिले गर्ने व्यवहारमा भर पर्छ भन्ने बुझाउन तर्फ लाग्नै पर्छ ।’

‘मास्क कतिजनाले सही तरिकाले लगाएका छौं आफैले सोचौँ छ ? चिउँडोमा मास्क लगाएर हिंड्ने अनि सरकारले कोरोना नियन्त्रण गरेन भन्नेहरुको जमात धेरै छ । जबसम्म प्रत्येक व्यक्तिले मास्कको अनिवार्य र उचित प्रयोग गर्दैनन्, भौतिक दूरी कायम गर्दैनन् तबसम्म कोरोना जति नै लकडाउन गरे पनि नियन्त्रण हुने वाला छैन्।’

उता नेपालीहरुको महान पर्व बडादशैं र तिहार आएकाले यो बेला अझै सचेत हुुन जरुरी रहेको उनको भनाई छ । यो बेला बुढाबुढीलाई कोरोना संक्रमण हुने सम्भावना बढी छ । उनीहरुसम्म कोरोना भाइरस पुग्न नदिन घरमा अन्य सदस्य चनाखो हुनैपर्छ । आर्शिवाद लिन जाँदा कतै कोरोना त लिएर गएका छैनौं एकपटक सबैले सोच्नैपर्छ । भोलि बुढा भएका बा आमालाई कोरोना सार्न म जिम्मेवार भएँ भन्ने पछुतो गर्नुभन्दा यसअघि नै सोचौं, उनल थपे।

उनी भन्छन्। लकडाउन समस्याको समाधान हैन्। यसले महामारीबाट बच्न रणनीति बनाउने र तयारी गर्ने अवसर मात्र दिन्छ । महामारीलाई अलिकित पछि धकेल्न मद्दत चाहिं गर्छ । यो बेला हामीले धेरै तयारी गर्ने हो भने ठीक छ हैन भने धेरैले लकडाउनका कारण दैनिक गुजारा समेत गर्न नपाई भोकमरी शुरु हुन्छ । त्यसैले कोरोना आफै आउने हैन हामी आफैले गर्दा आउने हो बुझौँ र बुझाऔँ । उनले भने, ‘मास्क कतिजनाले सही तरिकाले लगाएका छौं आफैलाई सोचौँ छ ? चिउँडोमा मास्क लगाएर हिंड्ने अनि सरकारले कोरोना नियन्त्रण गरेन भन्नेहरुको जमात धेरै छ । जबसम्म प्रत्येक व्यक्तिले मास्कको अनिवार्य र उचित प्रयोग गर्दैनन्, भौतिक दूरी कायम गर्दैनन् तबसम्म कोरोना जति नै लकडाउन गरे पनि नियन्त्रण हुने वाला छैन्।’

बाटोमा मानिसहरु मास्क लगाएर हिंड्छन तर जब कोही भेटिन्छन् मास्क खोलेर कुरा गर्न थाल्छन् । उनीहरुले के कुरा बुझेनन भने मास्क भनेको कुरा गर्दा लगाउने हो । यतिकै नबोली हिंड्दा त नलगाए पनि फरक पर्दैन । जब कोही बोल्छ अनि मात्र कोरोना सर्ने सम्भावना बढी हुन्छ ।  आफन्तलाई के कोरोना हुन्छ र ? यो त मेरो मान्छे भन्नेहरु पनि छन्। कोरोनाले मेरो -तेरो भन्दैन । यी र यस्तै गल्तीका कारण नेपालमा कोरोना झनझन बढ्दै गइरहेको  डा पुनको बुझाई छ ।

यतिबेला कोरोना उपचारमा प्रयोग भएका रेम्डिसिभिर लगायतका औषधिले केही काम गर्छन की भन्ने ठूलो आश पनि निराशामा परिणत भएको छ । यी औषधि प्रयोग गर्नु र नगर्नुमा खासै फरक पाइएन भन्ने रिपोर्ट आएको छ । यसले पनि कोरोना उपचारमा हालसम्म कुनै औषधि सहयोगी देखिएन । यसले खोप छिटै आउने कुरा पनि पछि धकेल्दिएको छ ।

हामी आफै सचेत भए मात्र कोरोनाबाट बच्न सकिन्छ अर्को कुनै उपाय नै छैन्। दशैं तिहार त अर्को वर्ष पनि आउँछ, त्यसैले यो वर्ष कोरोना नियन्त्रण गर्नका लागि सबैले हातेमालो गरौँ । जो जहाँ छौं त्यही चाडबाड मनाऔं । कोरोना नियन्त्रण गरेर अर्को वर्ष सबैजना सँगै मिलेर रमाइलो गरौला । सबैलाई शुभकामना ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन