स्वास्थ्य मन्त्रालयले भन्यो, गाउँमा कोही नयाँ मानिस आए ७ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुस्
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफनो गाउँ टोलमा कोही नयाँ व्यक्ति आएमा कम्तीमा सात दिन क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंमा आफनो टोल छिमेकमा कोही नयाँ मानिस आएमा उसलाई सबै छिमेकी मिलेर अनिवार्य ७ दिन क्वारेन्टाइन बस्न लगाउन आग्रह गरेका हुन्।
कोरोना महामारी नियन्त्रण गर्नका लागि सरकारले सबैलाई जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन आग्रह गर्दै आएको छ । तर पनि केही व्यक्तिहरु एक ठाउँबाट अर्को ठाउँमा गइरहेको भन्दै यो अवस्थामा उनीहरुलाई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको हो ।
पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशभरका आइसीयू भरिएका छन्। सरकारले नयाँ संक्रमितलाई उपचारमा समस्या हुन थालेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सकेसम्म बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा