Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २१ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ७१५ पुग्यो

२४ घण्टामा २१ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ७१५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ६ हजार ३९२ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यी मध्ये कोरोना संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० रहेको छ भने हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार हाल ४ हजार ८०८ जना क्वारेन्टाइनमा छन्। आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन