काठमाडौं उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४०२ जना सहित थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । आज थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । देशभर हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा