थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३७४९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
उता गत २४ घण्टामा मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना जित्नेको संख्या ८४ हजार ५१८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा