डा बुद्धिमान श्रेष्ठको दोस्रो गीत ‘शीतल छायाँलाई’ बजारमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेण्ठको अर्को गीत बजारमा आएको छ ।
सात महिना अघि ‘बैगुनी भाग १’ लिएर आएका उनले अहिले बैगुनी भाग २ पस्केका छन्। चर्चित गायिका मेलिना राई र डा बुद्धिमानको स्वरमा सजिएको पहिलो सांगीतिक कोशेली ‘रेलले तान्यो र ,बैगुनी छौ भन्ने कस्ले जान्यो र गीत निकै हिट भएको थियो ।
बुधबार प्रिमियर भएको दोस्रो गित ‘शीतल छायाँलाई, भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई ‘ बोलको यो गीतको शव्द संगीत बादल घिमिरेको रहेको छ । म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यले अभिनय गरेका छन्। यसमा पनि मेलिना राई र उनको स्वर रहेको छ ।
पहिलो गीत जस्तै यसलाई पनि धेरैले मन पराउने विश्वास लिएको डा श्रेष्ठले जनाएका छन्।
हेर्नुहोस् भिडियो :





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा