नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ६७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसो त अन्य देशहरुको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम रहेको पाइन्छ । मन्त्रालयका अनुसार नेपालका कोरोना संक्रमितहरुमा मृत्यु दर शूल्य दशमलब ५७ प्रतिशत रहेको छ ।
बुधबारसम्म देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। त्यसमध्ये ८० हजार ९५४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण गरिएको छ ।
विज्ञहरुका अनुसार दीर्घरोगी, वृद्धवृद्धा एवं रोगसँग लड्ने क्षमता पहिलेदेखि नै कम भएका व्यक्तिहरुमा कोरोना संक्रमण भएपछि जोखिम र मृत्यु हुने सम्भावना बढी हुन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा