नेपालमा कोरोना संक्रमित शून्य जिल्ला मनाङ मात्रै
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल नेपालमा एउटा मात्र जिल्ला कोरोना संक्रमणमुक्त रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मनाङ जिल्ला मात्र यस्तो जिल्ला हो जहाँ एक जना पनि सक्रिय संक्रमित छैनन्।
माघदेखि शुरु भएको कोरोना महामारी देशको ७७ जिल्लामा फैलिएको भए पनि हाल मनाङमा भने सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । मनाङमा यसभन्दा अघि संक्रमण देखिए पनि अहिले उनीहरु निको भएर डिस्चार्ज भइसकेका छन्।
नेपालमा हालसम्म १ लाख १५ हजार ३५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६६३ जनाले यसबाट ज्यान गुमाएका छन्। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त