सरकारले एन्टिजिन परीक्षणको शुल्क एक हजार तोक्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस पत्ता लगाउनका लागि एन्टिजिन परीक्षण पनि गर्ने भएको छ ।
यो परीक्षणका लागि अधिकतम १ हजार रुपयाँ तोकिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्विकृति पाएका प्रयोगशालाले मात्र यो परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनले यसमा प्रयोग हुने किट एफडीए र इयूए मान्यता प्राप्त भएका मात्र प्रयोग गर्नुपर्ने जनाए ।
यो विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने र रिपोर्ट नेगेटिभ आएमा परीक्षण गराउने व्यक्तिलाई मात्र जानकारी दिए पुग्ने पनि उनले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा