आज काठमाडौं उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा आज २१२९ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी २१२९ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १७४६ जना, भक्तपुरका १६७ जना र ललितपुरका २१६ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३५५६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ६६३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण