Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अबदेखि उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल

अबदेखि उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि उपत्यकामा रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने जनाएका हुन्। उनले उपत्यकामा कोरोन संक्रमितको बढ्दो स्थितीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाए ।

उनले यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने पनि निर्णय भएको जनाए ।

उता आइसोलेसन सेन्टरका रुपमा मात्रै रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र मनमोहन अस्पताल दहचोकलाई कोभिड आइसोलेसन अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार