अबदेखि उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि उपत्यकामा रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने जनाएका हुन्। उनले उपत्यकामा कोरोन संक्रमितको बढ्दो स्थितीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाए ।
उनले यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने पनि निर्णय भएको जनाए ।
उता आइसोलेसन सेन्टरका रुपमा मात्रै रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र मनमोहन अस्पताल दहचोकलाई कोभिड आइसोलेसन अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त