आकस्मिक बाहेकका शल्यक्रिया नगर्न अस्पताललाई सरकारको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोनाका संक्रमित बढ्दै जाँदा आकस्मिक बाहेकका शल्यक्रिया तत्कालका लागि नगर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको मिडिया ब्रिफिङका क्रममा तत्काल नगरी नहुने शल्यक्रिया मात्र गर्न सबै अस्पताललाई निर्देशन दिएका हुन्। उनले लक्षण सहितका कोरोना संक्रमित बढ्दै गएकाले उनीहरुको लागि आइसीयू, भेन्टिलेटर चाहिने हुँदा तत्कालका लागि आकस्मिक बाहेकका शल्यक्रिया रोक्न आग्रह गरेका हुन्।
पछिल्लो समय कोरोना संक्रमितले आइसीयू र भेन्टिलेटर पाउन मुश्किल हुन थालेपछि सरकारले यस्तो सूचना जारी गरेको हो । बाग्मती प्रदेशमा सबैभन्दा बढी १५५ जना कोरोना संक्रमित आईसीयूमा र ४६ जना भेन्टिलेटरमा रहेका छन्। देशभर हाल २७९ जना संक्रमित आईसीयू र ६७ जना भेन्टलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त