दशैंमा घर जाँदा अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : दशैंमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंमा धेरै जना गाउँ जाने भएकाले यसरी उपत्यका छोड्दा यी नियम बुझेर मात्र जानुपर्ने बताएका हुन्। उनले यात्रा गर्नु अघि ७ दिनसम्म आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएमा मात्र यात्रा गर्न सुझाव दिए ।
यसैगरी गन्तब्यमा पुगेपछि पनि ७ दिन गाउँ नडुलेर अनिवार्य क्यारेन्टाइनमा बस्ने र यो बीचमा कोरोना सँग मिल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत आग्रह गरे।
दशैं नजिकिंदै गर्दा धेरै जना गाउँ फर्किने भएकाले पनि यही कुरालाई मध्यनजर गर्दै कोरोना नियन्त्रणका लागि सरकारले यो नियम लागू गरेको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा