Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्री पोखरेल शनिबार एक्कासी ज्वरो आएपछि कोरोना आशंका लागेर पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई आज कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काले जनाएका छन्।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हिजो मात्रै पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी होम आइसोलेसनमा छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार