शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्री पोखरेल शनिबार एक्कासी ज्वरो आएपछि कोरोना आशंका लागेर पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई आज कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काले जनाएका छन्।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हिजो मात्रै पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी होम आइसोलेसनमा छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा