Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘देशभरका आईसीयू संक्रमितले भरिए, कोरोनालाई ख्याल ठट्टा नठानौँ’

‘देशभरका आईसीयू संक्रमितले भरिए, कोरोनालाई ख्याल ठट्टा नठानौँ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनालाई ख्याल ठट्टा नठान्न सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा आइसीयूमा संक्रमितले भरिभराउ हुँदा सम्म अझै पनि केही व्यक्तिहरु कोरोना केही होइन भन्दै मास्क समेत नलगाई हिड्ने गरेको भन्दै यसलाई ख्याल ठट्टा नठान्न आग्रह गरेका हुन्। उनले भने, ‘देशभरका आईसीयू र भेन्टिलेटर संक्रमितले भरिएका छन् अब आउने नयाँ संक्रमितलाई सेवा दिनै मुश्किल हुने अवस्था आएको भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर यसलाई लाग्नै नदिने उपाय अपनाउन पर्नेमा जोड दिए ।

डा गौतमले सिमीत स्रोत साधन भएका कारण पनि धेरै संक्रमित एकैपटक आएमा स्थिती नियन्त्रण बाहिर जाने भन्दै अत्यावश्यक नपरेसम्म घर बाहिर ननिस्कन आग्रह गरे । उनले कोरोनाको कुनै उपचार नै नभएकाले यसबाट बच्न प्रत्येक व्यक्ति आफै जिम्मेवार हुनुपर्ने जनाए ।

उनले भने, यो सरकारले गरेर मात्र हुने कुरा होइन जबसम्म प्रत्येक नागरिककले मास्कको प्रयोग गर्दैनन्, भौतिक दूरी कायम गर्दैनन् र साबुन पानीले हात धोइरहने गर्दैनन् तबसम्म सरकरले जतिसुकै काम गरे पनि  कोरोना नियन्त्रण हुन सक्दैन्।

त्यसैले चाडबाड भन्दैमा कोरोनालाई सामान्य ठानेर बाहिर निस्कने काम बन्द गरौँ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार