२४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १५ सय ५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार कोरोना जित्नेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ । गत २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।
हाल देशभर ३१ हजार ३१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा