Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा केसीले २८ औँ दिनमा तोडे अनसन

डा केसीले २८ औँ दिनमा तोडे अनसन

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीले १९ औं आमरण अनसन तोडेका छन् ।

शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले आज २८ औं दिनमा अनसन ताेडेका हुन्।

डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

डा केसी भदौ २९ गते जुम्ला पुगेर आफ्नो १९ औँ अनसन शुरु गरेका थिए । पछि सरकारले नै उनलाई जुम्लाबाट काठमाडौं ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएका कारण अनसन तोडे लगत्तै उनलाई अस्पतालकै आइसीयूमा लगिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार