Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धनगढीमा ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढीमा ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

हेल्थ टिभी अनलाइन \डडेल्धुरा :  धनगढीमा थप एक जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको  काेराेनाबाट मृत्यु भएको हो । असोज २० गते कोरोना पुष्टि भएका ती पुरुषमा स्वास्थ्यमा समस्या देखिएपछि २३ गते सेती अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार मृतक पुरुष ‘क्रोनिक लिभर डिजिज’ले पनि ग्रसित थिए। आइतबार विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार