Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर ८ गोल्छाकी ७१ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका १० ट्राफिक चोकका ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । ७१ वर्षीया महिलामा स्वास्थ्य समस्या आएपछि असोज १४ गते अस्पताल भर्ना भएकी थिइन्। उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि रेमडिसिभिर र प्लाज्मा थेरापी समेत दिइएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो राती १० बजे मृत्यु भएको हो ।

यसैगरी ८४ वर्षीय पुरुषमा असोज ५ गते कोरोना पुष्टि भएको र सोही दिनदेखि अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या हुँदै गएर हिजो शनिबार राती ९ : ५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार