सरकार र डा केसीबीच ८ बुँदे सहमति
हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसी र सरकार बीच ८ बुँदे सहमति भएको छ ।
आमरण अनसनरत डा केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमति भएसँगै डा केसीले अब केहीबेरमा अनसन तोड्ने छन् ।सरकारसँग सहमति हिजो नै भएपनि डा केसीले भने आइतबार बिहान साढे ९ बजे मात्र अनसन तोड्ने बताएका थिए । डा केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आजैबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
डा केसीले भदौ २९ गते जुम्ला पुगेर १९ औँ अनसन शुरु गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा