आइतबार आकस्मिक र कोभिड १९ बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका अस्पतालमा आकस्मिक सेवा र कोभिड -१९ सम्बन्धी सेवाबाहेकका अन्य सेवा ठप्प पार्ने भएको छ ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको मागकाबारेमा सरकार गम्भीर नभएको भन्दै संघले दवाव स्वरुप सेवा ठप्प पार्ने भएको हो ।
सरकारले असोज २२ गते वार्ता टोली बनाएर वार्ता शुरु गरेको भए पनि औपचारिकताका लागि मात्र वार्तामा बसेको र डा केसीको जीवन रक्षाका लागि गम्भीर नभएको निष्कर्ष संघले निकालेको छ। यसअघि नै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको भए पनि वार्ता शुरु भएपछि स्थगित गरिएको थियो । सरकारले दुई दिनसम्म वार्तामा बसेर कुनै निष्कर्षमा नै नपुगी आलटाल गर्न खोजेपछि पुन वार्ता हुन नसकेको संघको भनाई छ । संघले आइतबारसम्म पनि डा केसीको अनसनका बारेमा केही निर्णय नभएमा कडा आन्दोलनमा जाने विज्ञप्ति मार्फत जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण