काठमाडौं उपत्यकामा कोरोना : २४ घण्टामा थपिए २६७२ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौमा २१ सय जना, भक्तपुरका २०३ जना र ललितपुरमा ३६९ जनामा कोरोना पुष्टि भएको हो ।
उपत्यकामा गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको हटस्पट बनेको उपत्यकामा संक्रमित थपिने क्रम दिन प्रतिदिन बढ्दो छ ।
आज देशभर अहिलेसम्मकै उच्च ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी देशभर २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाएका छन्।
नेपालमा हाल कुल कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । यसैगरी ३० हजार ८१८ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा