Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२७ हजार सक्रिय संक्रमितमध्ये ३९३ जना सिकिस्त, आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

२७ हजार सक्रिय संक्रमितमध्ये ३९३ जना सिकिस्त, आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । ती मध्ये ३९३ जना सिकिस्त संक्रमितको उपचार देशका विभिन्न अस्पतालमा आईसीयू र भेन्टिलेटरमा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल ७५ जना सिकिस्त कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको छ भने  ३१८ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

पछिल्लो समय कडा लक्षण सहितका संक्रमित देखिन थालेपछि सरकारलाई आईसीयू र भेन्टिलेटर पुराउन नै गाह्रो भएको छ । उपत्यका लगायतका ठूला शहरका सबै भेन्टिलेटर र आईसीयू यतिबेला संक्रमितले भरिएका छन्।

उता सरकारले भने केही भेन्टिलटेर र आइसीयू खाली रहेको भन्दै संख्या तोकेको भए पनि व्यवहारिक रुपमा संक्रमितले अहिलेको अवस्थामा आईसीयू पाउनै मुश्किल भएको अस्पताल संचालकहरु बताउँछन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३५ जना संक्रमित आईसीयूमा र ९ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा २० जना आईसीयूमा र २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको जनाइएको छ । यसैगरी बाग्मती प्रदशेमा सबैभन्दा धेरै १९६ जना संक्रमित आईसीयूमा र ५७ जनाको भेन्टिलेटरमा सपोर्टमा उपचार भइरहेको छ । उता गण्डकी प्रदेशमा भने जम्मा ६ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा हाल बिरामी छैनन्। प्रदेश ५ मा ४३ जना संक्रमित आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन्। कर्णाली प्रदेशमा १८ जना संक्रमित आईसीयूमा छन्। सुदूरपशिच्ममा हालसम्म कोही पनि आईसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस शरीरभित्र पसेपछि अक्सिजनको लेबल घट्ने हुँदा केही संक्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्नेहुन्छ । कसैलाई भने कुनै पनि समस्या देखिंदैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार