२७ हजार सक्रिय संक्रमितमध्ये ३९३ जना सिकिस्त, आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । ती मध्ये ३९३ जना सिकिस्त संक्रमितको उपचार देशका विभिन्न अस्पतालमा आईसीयू र भेन्टिलेटरमा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल ७५ जना सिकिस्त कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको छ भने ३१८ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
पछिल्लो समय कडा लक्षण सहितका संक्रमित देखिन थालेपछि सरकारलाई आईसीयू र भेन्टिलेटर पुराउन नै गाह्रो भएको छ । उपत्यका लगायतका ठूला शहरका सबै भेन्टिलेटर र आईसीयू यतिबेला संक्रमितले भरिएका छन्।
उता सरकारले भने केही भेन्टिलटेर र आइसीयू खाली रहेको भन्दै संख्या तोकेको भए पनि व्यवहारिक रुपमा संक्रमितले अहिलेको अवस्थामा आईसीयू पाउनै मुश्किल भएको अस्पताल संचालकहरु बताउँछन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३५ जना संक्रमित आईसीयूमा र ९ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा २० जना आईसीयूमा र २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको जनाइएको छ । यसैगरी बाग्मती प्रदशेमा सबैभन्दा धेरै १९६ जना संक्रमित आईसीयूमा र ५७ जनाको भेन्टिलेटरमा सपोर्टमा उपचार भइरहेको छ । उता गण्डकी प्रदेशमा भने जम्मा ६ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा हाल बिरामी छैनन्। प्रदेश ५ मा ४३ जना संक्रमित आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन्। कर्णाली प्रदेशमा १८ जना संक्रमित आईसीयूमा छन्। सुदूरपशिच्ममा हालसम्म कोही पनि आईसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस शरीरभित्र पसेपछि अक्सिजनको लेबल घट्ने हुँदा केही संक्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्नेहुन्छ । कसैलाई भने कुनै पनि समस्या देखिंदैन्।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य