बाँकेमा १५ वर्षीय किशोरसहित थप २ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा कोरोना संक्रमणबाट १५ वर्षीय किशोरसहित थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै ३८ वर्षीय पुरुष र १५ वर्षीय किशोरको मृत्यु भएको जनाएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार यसरी मृत्यु हुनेहरुमा बाँके कोहलपुर वडा नं ९ पिपरीका ३८ वर्षीय पुरुषको शुक्रबार राती ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो उनमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका १५ वर्षीय किशोरको पनि हिजो शुक्रबार राती मृत्यु भएको हो । उनी दाङ घोराही उपमहानगरपालिका वडा नं ३ हुन्। उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो ।
योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १२ जन संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा