चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी )को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।
आयोगले सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ। आयोगले असोज २७, २८ र २९ गते प्रवेश परीक्षा मिति तोकेको थियो। तर अब अदालतको आदेश पछि उक्त मितिमा परीक्षा नहुने भएको हो। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा