Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी )को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।

आयोगले सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ। आयोगले असोज २७, २८ र २९ गते प्रवेश परीक्षा मिति तोकेको थियो। तर अब अदालतको आदेश पछि उक्त मितिमा परीक्षा नहुने भएको हो। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार