काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा काठमाडौंमा २०८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना संक्रमित थपिएका हुन्। पछिल्लो समय कोरोनाको हटस्पट बनेको उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन थपिंदै गएको छ । यसैगरी आज काठमाडौं उपत्यकामा मात्रै ५ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज देशभर अहिलेसम्मकै उच्च ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन्।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा