नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन थपिए ४ हजार ३६४ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर ४ हजा ३६४ जना संक्रमित थपिएका हुन्। अहिलेसम्म यो एकै दिन देखिएको संक्रमितको उच्च संख्या हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ४ महिला र ८ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५९० जना संक्रमितको मृत्यु भइसकेको छ । उता पछिल्लो २४ घण्टामा २६ सय ७५ जना संक्रमित निको भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा