Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन थपिए ४ हजार ३६४ संक्रमित

नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन थपिए ४ हजार ३६४ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर ४ हजा ३६४ जना संक्रमित थपिएका हुन्। अहिलेसम्म यो एकै दिन देखिएको संक्रमितको उच्च संख्या हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा ४ महिला र ८ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५९० जना संक्रमितको मृत्यु भइसकेको छ । उता पछिल्लो २४ घण्टामा २६ सय ७५ जना संक्रमित निको भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार