Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आधा भन्दा बढी संक्रमित होम आइसोलेसमा बस्दा पनि बेड अभाव

आधा भन्दा बढी संक्रमित होम आइसोलेसमा बस्दा पनि बेड अभाव

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल देशभर २५ हजार ७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

यी मध्ये आधा भन्दा बढी १४ हजार ४११ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् भने जम्मा १० हजार ५९६ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । उता विज्ञहरुले शुरुमा कुनै लक्षण नदेखिएका संक्रमितलाई पनि जुनसुकै बेला कडा लक्षण देखिनसक्ने भन्दै अस्पताल सेट अपमा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने सुझाव दिंदै आएका छन्।

उता सरकारले भने लक्षण नदेखिएसम्म र गाह्रो नभएसम्म अस्पताल भर्ना नगर्ने नीतिका कारण धेरै संक्रमित बाध्य भएर घरमै बसिरहेका छन्। पछिल्लो समय होम आइसोलेसनमा बसेका संक्रमितको उपचारका क्रममा बेड खोज्दा खोज्दै ज्यान समेत गएको पाइन्छ ।

आधा भन्दा बढी संक्रमित घरमै बस्दा पनि सरकार बेड पुर्‍याउन नसकेर बेहोस भए मात्र अस्पताल आउनु अन्यथा नआउनु भन्न थालेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको मिडिया ब्रिफिङमा धेरैजना सामान्य रुघाखोकी लाग्दैमा अस्पताल आएको भन्दै बेहोस हुनै लागेमा वा बेहोस भएमा मात्र अस्पताल आउन सर्वसाधारणलाई सुझाव दिएका छन्। यसले पनि सरकारले ४० हजार सक्रिय संक्रमित पुग्दा सम्म बेड अभाव हुँदैन भनेर आफैले जारी गरेको सूचनाको खिल्ली उडाएको छ ।

यतिबेला उपत्यका लगायतका ठूला शहरका सबै आइसीयू बेड भरिभराउ छन्। कतिपय ठूला अस्पतालहरुले त आफूकहाँ बेड खाली नभएको भन्दै सूचना नै जारी गरिरहेका छन्। यो बिचमा कोही पनि सिकिस्त संक्रमित आएमा बेड पाउने चान्स नै नभएको डाक्टहरुले भन्दै आएका छन्।

सर्वसाधारण आफै सचेत भएर संक्रमण हुनबाट जोगिनुको विकल्प छैन्। अन्यथा आइसीयू बेडको अभावमा ज्यान गुमाउने दिन नआउला भन्न सकिन्न ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार