Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीसँग सरकारले आज वार्ता गर्ने भएको छ ।

उनी अनसन बसेको २४ औँं दिनमा हिजो मात्र सरकारले वार्ता टोली बनाएको हो । सबैतिरबाट दवाव सिर्जना भएपछि मात्र सरकारले वार्ताटोली बनाएर आज औपचारिक रुपमा छलफल गर्दैछ । सरकारका तर्फबाट डा केसीसँग वार्ताका लागि शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह सचिव डा गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्माको टोली बनाइएको छ ।

उता डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा डा अञ्जनी कुमार झा र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की एवं अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन्। डा केसीको यो १९ औँ अनसन हो।

चिकित्सक संघले डा केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको  भन्दै आजदेखि लागू हुने गरी हिजो नै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार