सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीसँग सरकारले आज वार्ता गर्ने भएको छ ।
उनी अनसन बसेको २४ औँं दिनमा हिजो मात्र सरकारले वार्ता टोली बनाएको हो । सबैतिरबाट दवाव सिर्जना भएपछि मात्र सरकारले वार्ताटोली बनाएर आज औपचारिक रुपमा छलफल गर्दैछ । सरकारका तर्फबाट डा केसीसँग वार्ताका लागि शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह सचिव डा गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्माको टोली बनाइएको छ ।
उता डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा डा अञ्जनी कुमार झा र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की एवं अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन्। डा केसीको यो १९ औँ अनसन हो।
चिकित्सक संघले डा केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै आजदेखि लागू हुने गरी हिजो नै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त