डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गर्न दिएको ७२ घण्टेअल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन गर्ने घोषणा गरेको हो ।
संघले भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।
यसैगरी भोलिदेखि नै संघका शाखा कार्यालयहरु एवं देशभरका स्वास्थ्य संस्थामा सामाजिक दूरी कायम गर्दै हातमा कालोपट्टी बाँधी रिले अनसन गर्ने र यो अवधिभर डा केसीको अनसन अन्त्यका लागि सहज वातावरण नगराइएको अवस्थामा संघ बाध्य भएर देशभरका आकस्मिक सेवा र कोभिड १९ का सेवा बाहेकका सबै सेवा २३ गते शुक्रबार ठप्प पार्ने र सेवा बहिष्कार गर्ने जनाएको छ ।
संघले डा केसीको जीवन रक्षाका लागि तुरुन्त कदम नचाल्दा उत्पन्न हुने सबै समस्याको जिम्मेवारी सरकारै हुने पनि जनाएको छ । डा केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि आमरण अनुसन बसेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा