आज एकै दिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ३४३९ जनामा संक्रमण देखिएको हो ।
योसँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११२६ जना संक्रमित कोरोना जितेर संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २५ हजार ७ सक्रिय संक्रमित रहेका छन्। १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जना पुरुष र ५ महिलासहित थप १५ जना संक्रमितको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा