हामी आफै सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म कोरोना नियन्त्रण हुँदैन् : डा पाण्डे
सर्वसाधारण आफै सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म कोरोना महामारी नियन्त्रण गर्न नसकिने जनाइएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले सर्वसाधारण अझै पनि कोरोनाप्रति संवेदनशिल नभएको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा यसलाई नियन्त्रण गर्न गाह्रो भएको बताएका छन्। डा पाण्डेले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘कोरोना नियन्त्रणमा सरकारले काम गरेन मात्र भनेर हुँदैन, जबसम्म प्रत्येक व्यक्ति सचेत हुँदैनन् तबसम्म यो संक्रमण कम हुँदैन्।’
डा पाण्डेले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न सरकारले हदैसम्मको प्रयास गर्दागर्दै पनि कम हुन नसकेको जनाए । उनले भारतसँगको खुला बोर्डरका कारण पनि अहिले कोरोना नियन्त्रणमा चुनौति थपिएको जनाए । भारतसँगका सिमाना सबै खुला छन् अहिले आवतजावत भइरहेको छ जसले गर्दा संक्रमण गाउँ गाउँसम्म पुगेको उनको ठहर छ ।
पसल पसलमा चुरोट चिया खाएर गफ चुटिरहेको देखिन्छ । सरकारले प्रत्येक दिन जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस्, सकेसम्म घरबाट ननिस्कनुस भनेर बारम्बार भनिरहेको छ । तर कसैले सुनेको जस्तो लाग्दैन्। उनले चाडबाड नजिकिंदै गर्दा झनै यसको जोखिम बढेको बताए । अहिले बजार सबै खुलेका छन्। मानिसहरुको भिड हेर्दा लाग्छ नेपालमा कोरोना भाइरस पनि छ र ? सपिङ त अर्को वर्ष गरे पनि हुन्छ नि पहिले महामारीबाट बच्नुपर्छ भन्ने हामीले कतिपटक भन्ने ? त्यसैले जबसम्म प्रत्येक नागरिकलाई कोरोना नियन्त्रण गर्न म पनि जिम्मेवार छु भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनन् तबसम्म स्थिती नियन्त्रणमा आउन गाह्रो छ ।
उनले जबसम्म भारतमा कोरोना संक्रमणमा कमी आउँदैन वा नियन्त्रण हुँदैन तबसम्म नेपालमा पनि यसलाई नियन्त्रण गर्न गाह्रो हुने जिकीर गरे । उपत्यकाको हकमा मानिसहरुले यसलाई हल्का रुपमा लिंदै जाँदा घर घरमा संक्रमण पुगेको उनको ठहर छ । पसल पसलमा चुरोट चिया खाएर गफ चुटिरहेको देखिन्छ । सरकारले प्रत्येक दिन जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस्, सकेसम्म घरबाट ननिस्कनुस भनेर बारम्बार भनिरहेको छ । तर कसैले सुनेको जस्तो लाग्दैन्। उनले चाडबाड नजिकिंदै गर्दा झनै यसको जोखिम बढेको बताए । अहिले बजार सबै खुलेका छन्। मानिसहरुको भिड हेर्दा लाग्छ नेपालमा कोरोना भाइरस पनि छ र ? सपिङ त अर्को वर्ष गरे पनि हुन्छ नि पहिले महामारीबाट बच्नुपर्छ भन्ने हामीले कतिपटक भन्ने ? त्यसैले जबसम्म प्रत्येक नागरिकलाई कोरोना नियन्त्रण गर्न म पनि जिम्मेवार छु भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनन् तबसम्म स्थिती नियन्त्रणमा आउन गाह्रो छ ।
अहिले देशभरका आइसीयू संक्रमितले खचाखच छन्। । यही गतिमा संक्रमित बढ्ने हो भने सरकारले चाहेर पनि सबैको अस्पतालमा ल्याएर उपचार गर्नै सक्दैन्। अहिलेकै अवस्थामा त आइसीयू बेड पाउन मुश्किल भएको छ भने संक्रमित बढे पनि के होला अनुमान गरौां त, उनले थपे । उनले अहिलेको मुख्य कुरा नै आफै सचेत भएर जनस्वास्थ्यका मापदण्ड जस्तै मास्कको अनिवार्य उचित प्रयोग गर्ने, दूरी कायम राख्ने, साबुन पानीले हात धोइरहने र काम नपरेसम्म घरबाहिर ननिस्कने गर्न जरुरी छ ।
त्यसैले अब कोरोना नियन्त्रण गर्ने जिम्मा सर्वसाधारणको हातमा रहेकाे उनकाे भनाइ छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित