धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको आज बिहान ४ :२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा आशिष श्रेष्ठले बताएका छन्।
अस्पतालका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि मृतक पुरुष असोज १२ गते प्रतिष्ठानको कोभिड वार्डमा भर्ना भएका थिए । उनको अवस्था नाजुक बन्दै गएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । उनी मधुमेहका बिरामी रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हिजो ४ बजेसम्म नेपालमा ५५४ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा