Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार

हेल्थ टिभी अनलाइन :  हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्। उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस हुन्।

नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त भाइरसले कलेजोको क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो। सन् १९६० को दशकमा दाताबाट प्राप्त रगत लिएका बिरामीलाई कलेजोको अज्ञात दीर्घरोग देखिन थाल्यो।

नोबेल समितिले त्यो बेला रक्ताधान ९अर्काको रगत लिने काम रुसी रूलेट अर्थात् जुवाजस्तै भएको टिप्पणी गरेको छ। अत्यन्त संवेदनशील रक्तपरीक्षणले अहिले संसारका धेरै ठाउँमा त्यस्तो समस्या उन्मूलन भइसकेको छ। उक्त भाइरसविरुद्ध प्रभावकारी औषधि पनि बनिसकेको छ।

इतिहासमा पहिलो पटक उक्त रोग निको पार्न सकिन्छ। त्यसबाट हेपाटाइटिस सी भाइरस उन्मूलन गर्ने आशा बढेको छ, समितिले भनेको छ।तर अहिले पनि सात करोड मानिस उक्त भाइरसबाट सङ्क्रमित छन् र त्यसले प्रत्येक वर्ष चार लाख मानिसको ज्यान लिन्छ।

बीबीसी

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार