हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार
हेल्थ टिभी अनलाइन : हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्। उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस हुन्।
नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त भाइरसले कलेजोको क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो। सन् १९६० को दशकमा दाताबाट प्राप्त रगत लिएका बिरामीलाई कलेजोको अज्ञात दीर्घरोग देखिन थाल्यो।
नोबेल समितिले त्यो बेला रक्ताधान ९अर्काको रगत लिने काम रुसी रूलेट अर्थात् जुवाजस्तै भएको टिप्पणी गरेको छ। अत्यन्त संवेदनशील रक्तपरीक्षणले अहिले संसारका धेरै ठाउँमा त्यस्तो समस्या उन्मूलन भइसकेको छ। उक्त भाइरसविरुद्ध प्रभावकारी औषधि पनि बनिसकेको छ।
इतिहासमा पहिलो पटक उक्त रोग निको पार्न सकिन्छ। त्यसबाट हेपाटाइटिस सी भाइरस उन्मूलन गर्ने आशा बढेको छ, समितिले भनेको छ।तर अहिले पनि सात करोड मानिस उक्त भाइरसबाट सङ्क्रमित छन् र त्यसले प्रत्येक वर्ष चार लाख मानिसको ज्यान लिन्छ।
बीबीसी




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त