परोपकार प्रसुति गृहमा २८ वर्षीया महिलाले एकै पटकमा जन्माइन् ५ शिशु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले एकैपटकमा ५ शिशुलाई जन्म दिएकी छन् ।
नुवाकोटकी २८ बर्षीया सोमिका तामाङले एकैपटक ५ जना शिशुलाई जन्म दिएकी हुन् । ५ शिशुमध्ये एक शिशुको भने आमाको पेटमै मृत्यु भएको अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृतिपाल सुवेदीले जनाएका छन्। अन्य ४ शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनीहरुलाई एनआइसीयूमा राखिएको अस्पतालले जनाएको छ । आमा र ४ शिशुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसरी एकैपटकमा ५ शिशु जन्माउनु दुर्लभ घटना मानिन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा