२२६ संक्रमित आईसीयूमा, ३४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा देशभर २२६ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइहरेको छ। यसैगरी ३४ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आईसीयूमा २८ जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । यसैगरी प्रदेश २ मा १७ जना संक्रमित आईसीयूमा रहेका छन्। उता बाग्मती प्रदेशमा ११२ जना आईसीयूमा र २७ जना भेन्टिलेरमा रहेका छन्। गण्डकी प्रदेशमा भने ६ जना संक्रमित आईसीयूमा छन्। उता प्रदेश ५ मा पनि ४४ जना संक्रमित आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कर्णालीमा १५ जना आईसीयूमा पुगेका छन्। सुदूरपश्चिममा भने हाल ४ जनाको मात्र आईसीयूमा उपचार भइहरेको छ । पछिल्लो समय लक्षण सहतिको कोरोना संक्रमित थपिंदै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा