थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना डिस्चार्ज
काठमाडौं उपत्यकामा मात्रै १५९९ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा १३२९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकाहरुसँगै हालसम्म कोरोना जित्नेको संख्या ६४ हजार ६९ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन् जो संस्थागत र होम आइसोलेसनमा रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै आज १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा