गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ६ जिल्लामा गरी थप ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमित हुनेहरुमा तनहुँका ९ जना, लमजुङका ५ जना, नवलपरासी पूर्वका २६ जना, गोरखा स्याङ्जा र बाग्लुङका १ \१ जना रहेका छन्। संक्रमणमा पर्नेहरुका डाक्टरदेखि बिरामीसम्म रहेका छन्।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ भने ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा