महेन्द्रनगरकी २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार महेन्द्रनगर २ कञ्चनपुर निवासी २९ वर्षीया सुत्केरीको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । धनगढीको सेती अस्पतालमा जुम्ल्याहा बच्चा जन्म दिएकी उनको स्वास्थ्यमा समस्या आएको थियो । बच्चा जन्मिएपछि उच्च रक्तश्राव पछि उनको पाठेघरको शल्यक्रिया समेत गरिएको सेती अस्पतालले जनाएको छ । सुत्केरी भएपछि असोज १४ गते कोरोना आशंकामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनलाइ नेपालगंज मेडिकल कलेज काेहलपुरमा रिफर गरिएको थियो ।
नेपालगंज मेडिकल कलेजले आफूकहाँ आउने बेलामा संक्रमित सुत्केरीको अवस्था जटिल भएको जनाएको छ । सुत्केरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बचाउन नसकिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको आज बिहान ४ : ३० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा बाहिर जिल्लाबाट आएर उपचारकै क्रममामृत्यु हुने कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा