पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
थापाले आफनो फेसबुक पेज मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनले आफूले असोज १५ गते पार्टी कार्यालयमा भएको स्वाब संकलन कार्यमा कोरोना परीक्षणका लागि स्वाबको नमुना दिएकोमा आज कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका हुन्। थापाले लेखेका छन्, ‘मलाई कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसैले होम आइसोलेसनमै छु ।’
उनले यो बिचमा आफनो सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन र स्वास्थ्यकर्मीसँग सल्लाह लिन आग्रह गरेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त