थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ११७७ जना थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१२० जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । यसैगरी गत २४ घण्टामा २०४४ जना कोरोना जितेर डिस्तार्ज भएका छन्। हालसम्म कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या नै ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । नेपालमा हालसम्म कोरोेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा मात्रै आज ११७७ जना संक्रमित थपिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा