Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर एकैदिन थपिए २७२२ जना संक्रमित

देशभर एकैदिन थपिए २७२२ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २७२२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर विभिन्न जिल्लामा गरी थप २७ सय २२ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिए।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार