देशभर एकैदिन थपिए २७२२ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २७२२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर विभिन्न जिल्लामा गरी थप २७ सय २२ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिए।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण