Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्री ढकालले भने, हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैन

स्वास्थ्य मन्त्री ढकालले भने, हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

मन्त्री ढकालले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसँगको कुराकानीमा  तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका हुन्।

व्यवसायीहरुले फेरि लकडाउन हुने हल्लाका कारण व्यवसाय शुरु गर्न अलमल भएको भन्दै राखेको जिज्ञासाको जवाफ दिंदै उनले जस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्दै व्यापार व्यवसाय शुरु गर्न सकिने जनाए। उनले भने, ‘अझै पनि कोरोनाको जोखिम हटिसकेको छैन्। त्यसैले कार्यालयमा दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउने गरेर व्यवसाय शुरु गर्न सक्नुहुन्छ ।’

यसअघि सरकारले देशभर २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा पुन लकडाउनको लागि सिफारिस गर्ने जनाएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार