Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विध ल्याबको बदमासी, म्याद सकिन लागेका रिएजेन्ट सक्न सस्तोमै पीसीआर

विध ल्याबको बदमासी, म्याद सकिन लागेका रिएजेन्ट सक्न सस्तोमै पीसीआर

कल्पना आचार्य \ काठमाडौं : स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा कालोसूचीमा परेको ओम्नी ग्रुपको विध ल्याबले सर्वसाधारणलाई झुक्याउँदै आएको खुलेको छ ।

सो ग्रुपले ल्याएको स्वास्थ्य सामग्री गुणस्तरहीन भएको भन्दै सरकारले नै उसलाई कालोसूचीमा राखेको हो । तर उक्त ग्रुपले आफूले ल्याएका सामान खेर जाने भएपछि स्वास्थ्य मन्त्रालयमा मोटो रकम बुझाएर रातारात पीसीआर परीक्षण गर्ने ल्याब स्थापनाको अनुमति लिएको मन्त्रालय स्रोतको भनाई छ ।

आफूले ल्याएका झण्डै डेढ लाख रिएजेन्ट सदुपयोग गरी सोबाट हुने घाटाबाट बच्न विध ल्याबमार्फत यो खेल खेलेको स्रोतको दावी छ । चीनबाट सामान ल्याउने क्रममा पीसीआर मेशिन समेत ल्याएको थियो । ती सामान मन्त्रालयले नलिने भएपछि र टेन्डर समेत गर्न नपाएपछि उसले यस्तो जुुक्ति लगाएर सस्तोमा पीसीआर गर्ने मिडियावाजी गर्‍यो । रिएजेन्टको प्रयोग गर्ने म्याद हुन्छ सो मितिभित्र प्रयोग गरिएन भने त्यसलाई फाल्नुपर्ने हुन्छ ।

स्थापनाको अनुमति पाएदेखि नै नेपालका लगभग मुख्य सबै मिडियामा विध ल्याबको विज्ञापन देख्न पाइन्छ । शुरुदेखि नै मिडियाको साथ लिएर उसले सर्वसाधारणलाई ठगिरहेको मन्त्रालय स्रोतको भनाई छ । सरकारले ५ हजार ५ सयमा पीसीआर परीक्षण तोक्दा विधले ४ हजारमै पीसीआर परीक्षण भनेर विज्ञापन निकालेको थियो । सस्तो भएपछि यसका बारेमा नबुझेका धेरै जनाको रोजाइमा विध ल्याब पर्‍यो।

यसरी सरकारले नै अस्वीकृत गरेको पीसीआर मेसिन र रिएजेन्ट प्रयोग गरेर विधले धमाधम परीक्षण गरिरहेको छ । उता सरकारले पीसीआरको शुल्क घटाएर २ हजार बनाउँदा धेरै ल्याब संचालकले यति रकममा परीक्षण गर्न नसकिने भनिरहँदा विध ल्याबले भने यो निर्णय आएको एक घण्टा अगाडी नै आफनो विज्ञापनमा सच्याएर ‘१९९९ मा पीसीआर परीक्षण ‘ भनेर राखेको पाइयो । यसको मतलब मन्त्रालयकै कर्मचारीको मिलेमतोमा यस्तो भइरहेको पक्कापक्की छ ।

अन्य ल्याबले शुल्क समायोजन गरिदिन पर्‍यो भन्दा विध भने धमाधम १९९९ मा परीक्षण गर्दै चुपचाप बसिरहेको छ । विध ल्याब निजी स्तरको भए पनि अन्य संचालकहरुसँग उसको कुनै एक्येवद्धता नै छैन्। विध ल्याब बाहेक अन्य सबै ल्याबका सञ्चालकले भने मन्त्रालयलाई शुल्क समायोजन गरिदिन पत्र बुझाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार