निजी ल्याब सञ्चालकले पीसीआर शुल्क समायोजन गरिदिन भन्दै मन्त्रालयलाई बुझाए पत्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी ल्याब सञ्चालकहरुले पीसीआर परीक्षण शुल्क समायोजन गरिदिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहिबार पत्र बुझाएका छन्।
सरकारले निजी ल्याबले २ हजार रुपैयाँमा कोरोना पत्ता लगाउन गरिने पीसीआर परीक्षण गर्नुपर्ने भन्दै यसो नगरे ल्याब स्वीकृति खारेज गर्ने निर्णय गरेको थियो । बुधबार मन्त्रालयबाट यस्तो निर्णय आएपछि उनीहरुले २ हजारमा पीसीआर परीक्षण गर्दा लाग्ने खर्च समेत नउठ्ने भन्दै यो शुल्कमा समायोजन गरिदिन आग्रह गरेका हुन्।
सरकारले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यही समयमा धेरै ल्याबहरु स्थापना भएका हुन्। पछि सरकारले सो शुल्क घटाएर ४ हजार ४ सय बनायो ।
पछि तेस्रोपटक भदौ २८ गते सरकारले सबै निजी तथा सरकारी ल्याबले पीसीआर गरेको शुल्क २ हजार रुपैयाँ मात्र लिन पाउने भन्दै निर्णय गरेको थियो । सो निर्णयलाई निजी ल्याब सञ्चालकहरुले अवैज्ञानिक भएको भन्दै यसमा पुनरावोलोकन गर्न भन्दै स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई भेटी ध्यानाकर्षण गराएका थिए । उनीहरुले सरकारले तोकेको २ हजारमा पीसीआर परीक्षण गर्न नसक्ने जानकारी गराएर ३ हजार ८९९ रुपैयाँ लिँदै आएका थिए । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार रिएजेन्ट प्रयोग गर्दा २ हजारमा परीक्षण गर्न नसकिने निजी प्रयोगशाला सञ्चालकहरुको दाबी छ ।
उपत्यका ८ वटा निजी ल्याब सञ्चालकहरुले आज यही विषयमा निजी अस्पतालहरूको छाता संगठन अफिनसँग छलफल गर्दैछन्।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन