नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काडमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु हुने संक्रमितको संख्या ५०९ पुगेको हो ।
आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा सुनसरीका ३ जना पुरुष, काठमाडौंका २ जना पुरुष, भक्तपुरका १ जना, बाँकेका एक महिला र एक पुरुष रहेका छन् । यसैगरी रुपन्देहीमा पनि आज ३ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कुल संक्रमितबाट मृत्यु हुनेको संख्या प्रतिशतमा निकाल्दा शून्य दशमलब ६५ रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा