संक्रमितको संख्या उकालो लाग्दै : एकैदिन १९११ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमित बढ्ने क्रम दिन प्रतिदिन बढिरहेको छ। आज एकैदिन १९११ जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ९६१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। उनीहरुको यो संख्यासँगै हाल कोरोना जित्नेको संख्या ५७ हजार ३८९ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा ५०९ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा