Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमितको संख्या उकालो लाग्दै : एकैदिन १९११ जनामा संक्रमण पुष्टि

संक्रमितको संख्या उकालो लाग्दै : एकैदिन १९११ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा कोरोना संक्रमित बढ्ने क्रम दिन प्रतिदिन बढिरहेको छ। आज एकैदिन १९११ जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ९६१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। उनीहरुको यो संख्यासँगै हाल कोरोना जित्नेको संख्या ५७ हजार ३८९ रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा ५०९ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार