Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निजी ल्याबलाई सरकारको २४ घण्टे अल्टिमेटम, शुल्क समायोजन नगरे ल्याबको स्वीकृति खारेज गर्ने निर्णय

निजी ल्याबलाई सरकारको २४ घण्टे अल्टिमेटम, शुल्क समायोजन नगरे ल्याबको स्वीकृति खारेज गर्ने निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले निजी स्तरबाट संचालित ल्याबहरुलाई पीसीआर परीक्षण शुल्क समायोजनका लागि २४ घण्टे अल्टिमेटम दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भदौ २८ गतेको निर्णय अनुसार सबै ल्याबले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने भए पनि ८ वटा ल्याबले तोकिएको भन्दा बढी रकम लिएको पाइएको बताए । उनले नेपाल मेडिसिटी, ह्याम्स अस्पताल, बी एण्ड बी अस्पताल, सीडीएल, सुर्या ल्याब लगायतका ८ वटा निजी ल्याबलाई शुल्क समायोजनका लागि २४ घण्टा समय दिएको र यो समयमा पनि शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण गर्न पाउने स्वीकृति खारेज गरिने जनाए । उनले सरकारको निर्णयमा अटेरी गरेमा कालोबजारी गरेको आरोपमा यी ल्याब बन्द गर्ने र हदैसम्मको कारवाहीको लागि सिफारिस गर्ने समेत बताए ।

सरकारले शुरुमा कोरोनाको पीसीआर शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । पछि सो शुल्क समायोजन गर्दै ४ हजार ४ सय बनायो र भदौ २८ गते अर्को निर्णय गर्दै देशभरका सबै ल्याबले २ हजार रुपैयाँमा पीसीआर गर्नुपर्ने सूचना जारी गरेको थियो ।

तर यो निर्णयमा निजी स्तरका ल्याब संचालकले विरोध जनाएका थिए र उनीहरुले सरकारले तोकेको यो शुल्कमा पीसीआर परीक्षण गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयमा विज्ञिप्त समेत बुझाएका थिए । उनीहरुले ३ हजार ८९९ रुपैयाँ सम्ममा परीक्षण गर्नसक्ने भन्दै सो रकममा परीक्षण गर्दै आएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार