निजी ल्याबलाई सरकारको २४ घण्टे अल्टिमेटम, शुल्क समायोजन नगरे ल्याबको स्वीकृति खारेज गर्ने निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले निजी स्तरबाट संचालित ल्याबहरुलाई पीसीआर परीक्षण शुल्क समायोजनका लागि २४ घण्टे अल्टिमेटम दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भदौ २८ गतेको निर्णय अनुसार सबै ल्याबले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने भए पनि ८ वटा ल्याबले तोकिएको भन्दा बढी रकम लिएको पाइएको बताए । उनले नेपाल मेडिसिटी, ह्याम्स अस्पताल, बी एण्ड बी अस्पताल, सीडीएल, सुर्या ल्याब लगायतका ८ वटा निजी ल्याबलाई शुल्क समायोजनका लागि २४ घण्टा समय दिएको र यो समयमा पनि शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण गर्न पाउने स्वीकृति खारेज गरिने जनाए । उनले सरकारको निर्णयमा अटेरी गरेमा कालोबजारी गरेको आरोपमा यी ल्याब बन्द गर्ने र हदैसम्मको कारवाहीको लागि सिफारिस गर्ने समेत बताए ।
सरकारले शुरुमा कोरोनाको पीसीआर शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । पछि सो शुल्क समायोजन गर्दै ४ हजार ४ सय बनायो र भदौ २८ गते अर्को निर्णय गर्दै देशभरका सबै ल्याबले २ हजार रुपैयाँमा पीसीआर गर्नुपर्ने सूचना जारी गरेको थियो ।
तर यो निर्णयमा निजी स्तरका ल्याब संचालकले विरोध जनाएका थिए र उनीहरुले सरकारले तोकेको यो शुल्कमा पीसीआर परीक्षण गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयमा विज्ञिप्त समेत बुझाएका थिए । उनीहरुले ३ हजार ८९९ रुपैयाँ सम्ममा परीक्षण गर्नसक्ने भन्दै सो रकममा परीक्षण गर्दै आएका थिए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त