थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १५५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । हाल देशभर २० हजार ८९१ सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा